मंगलबार नेप्से परिसूचक २.९५ अंक बढेर २६३३.८७ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ५३ हजार ९५७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँबराबरको ८९ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २५० रुपैयाँ बढेर २७५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने दोल्ती पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३३० रुपैयाँ घटेर २९७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २२ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल फाइनान्सको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने रिभर फल्स पावरको करिब साढे १२ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन कनैपनि उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटबढ भएको छैन। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।