तीनवटा कसुरमा दोषी किटान, रवि लामिछाने अर्काे टोपबहादुर रायमाझी बन्न सक्ने !

Dec 16, 2024 03:09 PM mero lagani



लामो अनुसन्धान पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृमन्त्री रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय, कास्कीले तीनवटा कसुरमा दोषी किटान गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । 

लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । अब कार्यालयले उक्त प्रतिवेदन अध्ययन गरेर मुद्दा दायर गर्नेछ । प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा दोषी रहेको ठहरसहित प्रतिवेदन बुझाएको हो ।

प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविसहित ४० जनाविरूद्ध अदालतमा अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई सुझाव दिएको दिएको छ। लामिछाने तथा उनका व्यावसायिक साझेदारहरू जीबी राई, छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई संगठित अपराधमा मूख्य योजनाकारका रूपमा किटान गर्दै मुद्दा दायर गर्न सिफारिस गरिएको छ ।

सम्पत्ति शुद्धीकरणमा लामिछानेले २१ करोडभन्दा बढी रकमको शंकास्पद एवं गैरकानुनी कारोबार गरेको भन्दै मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

यसबीचमा रविमाथि रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धान गरिएको हो।

यी पाँचवटा सहकारीबाट करिब ६८ करोड रुपैयाँ गैरकानुनी रुपमा गोरखा मिडियामा परिचालन गरी संगठित तवरले ठगी गरेको प्रहरीको निष्कर्ष छ ।

प्रहरी प्रतिवेदन अध्ययनपछि सरकारी वकिलले अदालतमा यसैसाता मुद्दा दायर गरिसक्नेछ । यसै प्रकरणर्मा गत असोज ६ गते रविका साझेदार छविलाल बन्जाडे काठमाडौँबाटै पक्राउ परेका थिए । त्यही दिनबाट गणना गरी म्याद मिलान गरिएकाले पुस ५ भित्र मुद्दा चलाइसक्नुपर्ने कानुनी बाध्यता छ।

सम्पत्ति शुद्धीकरणमा पक्राउ परेको ९० दिनभित्र अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

रविको हिरासत अवधि अझै केही महिना लम्बिने !

प्रहरीले बुझाएको प्रतिवेदनमाथि अध्ययन गरेपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ । त्यसपछि मुद्दाकाे पक्ष र विपक्षमा वहस शुरु हुनेछ । र, दुवै पक्षको वहस सकिएपछि अदालतले दोषि ठान्ने कि निर्दाेष भन्ने फैसला गर्नेछ ।

जिल्ला अदालतले दोषी किटान गरेर सजाय तोक्यो भने यो मुद्दा पुनवरावेदनमा जान सक्नेछ । त्यो अवस्थामा रविको हिरासत यात्रा लम्बिने छ र सम्भवतः उनी जेल जानेछन् । यदि अदालतले उनलाई निर्दाेष ठान्यो भने उनी तत्कालको लागि रिहा भए पनि प्रहरीले पुनरावदेन गर्न सक्ने भएकोले यो मुद्दा तत्काल टुंगिने अवस्था छैन ।

यो सबै प्रकृया पुरा हुनको लागि केही महिना लाग्ने निश्चित छ । त्यतिन्जेल उनी हिरासतमै हुनेछन् वा अदालतले पुर्पक्षका लागि जेल पठाउन सक्नेछ । त्यो अवस्थामा भुटानी शरणार्थी प्रकरणमा यो मुद्दाको अन्तिम फैसला हुन वर्षाैं लाग्न सक्छ । भुटानी शरणार्थी प्रकृयाको अन्तिम फैसला नभएकोले पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी लगायतका व्यक्तिहरु वर्षाैंदेखि पुर्पक्षको लागि जेलमै छन् ।




comments powered by Disqus

शिवम् सिमेन्टको लाभांश घोषणा, बुकक्लोज कहिले?

Dec 16, 2024 10:11 AM

शिवम् सिमेन्ट लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।