बैंकिङ्ग उपसमूह बढेपछि २७०० विन्दु माथि नेप्से, कारोबार रकम पनि बढ्यो

Dec 11, 2024 03:08 PM Merolagani



बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

यस दिन बैंकिङ्ग उपसमूह बढेसँगै नेप्से परिसूचक बढ्न पुगेको हो। १३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३४ प्रतिशत घटेको छ।

पछिल्लो ५ करोबार दिनमा १०५.९९ अंक घटेको नेप्से यस दिन भने ४५.८८ अंक बढेर २७१५.७१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ९.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३८ अंक बढेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ५६ हजार ३५० पटकको कारोबारमा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढको छ। त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन खानीखोला हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४६ रुपैयाँ ५० पैसा घटेर ४१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३६ करोड १५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिभरफल्स पावरको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब १२ करोडको शेयर खरिदबिक्री भएको छ।

 




comments powered by Disqus

एचआईडिसिएलको लाभांश घोषणा

Dec 11, 2024 10:20 AM

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) (HIDCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।