दुई सीइओबीच भिडन्त

Dec 12, 2024 04:17 PM Merolagani



वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा दुई जना सिइओबीच भिडन्त हुने भएकाे छ । संघकाे अध्यक्षका लागि दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएकाे हाे ।

संघको अध्यक्षमा सन्तोष कोइराला र अशोक शेरचनको उम्मेदवारी परेको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन कार्यकारी सदस्य छन् ।

आगामी पुस ३ गते संघको ३८ औं वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ ।




comments powered by Disqus

एचआईडिसिएलको लाभांश घोषणा

Dec 11, 2024 10:20 AM

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) (HIDCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।