भ्वाङ परेको सडक टालेर सञ्चालनमा ल्याउँदा पनि रिवन काटेर उद्घाटन गर्नु पर्ने ?

Dec 12, 2024 01:09 PM Merolagani



'कहि नभएकाे जात्रा हाडीगाँउमा' भने जस्तै कहि नभएकाे चलन नेपालमा हुन थालेकाे छ । भ्वाङ परेको सडक टालेर सञ्चालनमा ल्याउँदा पनि रिवन काटेर उद्घाटन गर्न थालिएकाे छ ।

केही महिना पहिला काठमाडौंको कमलादीस्थित सडकमा भ्वाङ परेकाे थियाे । उक्त सडक खण्ड मर्मतपछि यातायात सुचारु भएका छन् ।

काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि आजबाट उक्त खण्डमा सवारीसाधन गुड्न थालेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका छन् ।

गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको थियो ।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बुकक्लोज कहिले?

Dec 09, 2024 10:43 AM

हिमालयन डिष्टिलरी लमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।