सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Dec 18, 2024 10:34 AM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको १५१ औँ बैठकले चुक्ता पूँजी तीन र्अब ४३ करोड ९ लाख रुपैयाँको ३.८४ हुन आउने १३ करोड १८ लाख ७८ हजार ३३४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये बोनस शेयर ३.६५ प्रतिशत र कर प्रयोजनको लागि ०.१९ प्रतिशत नगद लाभांश रहेकाे छ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।




comments powered by Disqus

सेबोनले कारोबारको विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित, सूचकमा पहिरो, ठूलो शेयर डिमाण्डमा समेत अंकुश ?

Dec 17, 2024 06:17 AM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्।