‘पर्ख र हेर’ को अवस्थामा सांग्रिला डेभलपमेन्ट बैंक, हेरौँ कम्पनी विश्लेषण

Dec 07, 2024 05:13 PM Merolagani



यस साता विकास बैंक उपसमूहको परिसूचक ०.७५ प्रतिशत घटेको छ। गत साता ५८६१.१२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ४३.९१ अंक घटेर ५८१७.२१ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक बैंक हो, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL)।

बैंकको शेयरमूल्य यस साता २१ रुपैयाँ ७० पैसा बढेको छ। गत साता ४६९ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साता ४७७ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

‘पर्ख र हेर’ को अवस्थामा

हाल बैंकको शेयरमूल्य ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ४८० देखि ४९२ सम्मको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने ३८६ देखि ३९८ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

यस साता साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले साताको सुरुवातमा बैंकको शेयरमा खरिदकर्ता हाबी भएपनि अन्त्यतिर भने बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि बैंकको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ जसले सो दिन पनि बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले बैंकको शेयरमा हालसम्म ८ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ६ वटा सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने दुईमा स्टप लस गर्नु परेको थियो। हाल एआईले बैंकको शेयरमा कुनै सिग्नल देखाएको छैन।

बलियो भोल्यूम

यस साता शेयरमूल्य घटेपनि भोल्यूम भने बढेको छ। यस साता बैंकको दैनिक औषतमा १ लाख ८० हजार २३६ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम १ लाख ४४ हजार ५६७ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम २४.६७ प्रतिशत बढी हो।

बियरश क्रशओभर

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले बियरिश क्रशओभर बनाएको छ। बैंकको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनाएको हो। यसले आगामी दिनमा बैंकको शेयरमूल्य घट्ने संकेत गर्दछ। त्यस्तै, बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रबाट नकारात्मक क्षेत्रमा झरेको छ।

खरिदचाप घट्दै

यस साता बैंकको स्टकास्टिक आरएसआई ओभरबट जोनबाट न्यूट्रल जोन तर्फ घट्ने क्रममा रहेको छ। यसले सो साता बैंकको शेयरमा खरिदचाप घट्दो क्रममा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.६१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७.५९ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ४.६५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १७ करोडबाट बढेर ३५ करोड रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८ करोड ८५ लाख रुपैयाँ रहेको छ।

३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ चक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड ६ लाख ३२ हजार रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २ पैसा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ५८ पैसा रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ९४ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात ६३.७२ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.०४ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल बैंकको ३ करोड ४३ लाख ९ हजार ७१३.०३ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ४०८ रुपैयाँ ७८ पैसा रहेको छ। त्यसैगरी, बैंकको ५२ हप्ताको उच्च मूल्य ४९७ रुपैयाँ रहेको छ भने न्यून मूल्य २६६ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण १५ अर्ब ३४ करोड ६७ लाख ३४ हजार ६३६ रुपैयाँ ५३ पैसा रहेको छ।

ब्रोकर ३३ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३३ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको १ लाख १७ हजार ७४ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ५७ ले बैंकको ५६ हजार ९९० कित्ता शेयर खरिद गरेको छ। बैंकको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर भने ३५ नम्बर रहेको छ। सो बैंकले यस साता बैंकको ९२ हजार ६४१ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा घट्दै

फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले ग्रीड जोनबाट न्यूट्रल जोनतर्फ झरिरहेको छ। यसले लगानीकर्ताहरुमा बैंकको शेयरमूल्य बढ्ने अपेक्षा कम हुँदै गएको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

छिमेक लघुवित्तको लाभांश घोषणा

Dec 05, 2024 10:16 AM

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।