प्रतिरोध क्षेत्र नजिक नेपाल बैंक, हेरौँ कम्पनी विश्लेषण

Nov 09, 2024 05:37 PM Merolagani



यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.९८ प्रतिशत घटेको छ। गत साता १५२२.०० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४.८८ अंक घटेर १५०७.१२ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक स्टक हो, नेपाल बैंक लिमिटेड (NBL) ।

यस साता बैंकको शेयरमूल्य ३ रुपैयाँ ४० पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन २८६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साताको अन्तिम कारोबार दिन २८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध क्षेत्र नजिक

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले प्रतिरोध क्षेत्र नजिक रहेको छ। हाल बैंकको प्रतिरोध क्षेत्र २९५ देखि ३०५ सम्म रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्य ओरालो लागेमा भने २६१ देखि २६६ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

रिभर्सलको संकेत

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा बैंकको शेयरमूल्य बढ्न सक्ने संकेत गर्दछ। यो मैनबत्ती डाउनट्रेण्डमा देखा पर्दछ जसले बैंकको शेयरमूल्य रिभर्स हुने संकेत गर्दछ। साप्ताहिक रुपमा भने बैंकको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। जसले सो साता बैंकको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता बैंकको भोल्यूम पनि कमजोर रहेको छ। यस साता बैंकको दैनिक औषतमा ३४ हजार ६३६ कित्ता शेयर खरिदबिक्री भएको छ। बैंकको २० दिने औषत भोल्यूम १ लाख २३ हजार ९८४ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ७२.०६ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा बैंकको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको छ। यस साता बैंकको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ भने हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.०३ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.०८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५६४.६१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा घटेर ६८ करोड ८४ लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ४.५३ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १.१२ प्रतिशत र कर्जा तथा सापटी २.७९ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी (वार्षिक) २५ रुपैयाँ ८० पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ५१ पैसा बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ ७१ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १७.२७ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु १.०७ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको १४ करोड ६९ लाख ४० हजार २२९.२८ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य २५५ रुपैयाँ ९९ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ३३७ रुपैयाँ ५० पैसा रहेको छ भने न्यून मूल्य १९५ रुपैयाँ १० पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ४१ अर्ब ५९ करोड ८७ लाख ७८ हजार ९०९ रुपैयाँ १७ पैसा रहेको छ।

ब्रोकर नम्बर ५९ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ५९ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले बैंकको ६ हजार २३७ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ५२ ले बैंकको साढे ५ हजार शेयर खरिद गरेको छ। सर्वाधिक बिक्री गर्ने ब्रोकर भने २६ नम्बर रहेको छ। सो ब्रोकरले यस साता बैंकको १६ हजार ३३ कित्ता शेयर बिक्री गरेको छ।

शेयरमूल्य बढ्ने आशा

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु शेयरमूल्य अझ बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ। यद्यपि, यो न्यूट्रल जोनतर्फ झर्दै गरेकोले मूल्य बढ्न अपेक्षा केही कम हुँदै गएको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM

कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।