प्रतिरोध क्षेत्र तोडेर उकालो लाग्यो नेपाल एसबिआई, हेरौँ कम्पनी विश्लेषण

Oct 26, 2024 05:52 PM Merolagani



यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत घटेको छ। गत साता १६०८.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८४.७८ अंक घटेर १५२३.४६ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक स्टक हो, नेपाल एसबिआई बैंक (SBI)।

यस साता बैंकको शेयरमूल्य ४८ रुपैयाँ ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साताको बिहीबार ५३० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध तोडेर उकालो लाग्यो

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले गत साताको प्रतिरोध क्षेत्र तोडेर माथि उक्लिएको छ। यस साता बैंकको शेयरमूल्यले ४८५ देखि ५०० को प्रतिरोध क्षेत्र तोडेको हो। हाल सो क्षेत्र बैंकको टेवा क्षेत्र बनेको छ। आगामी साता बैंकको शेयरमूल्यले ६२५ देखि ६४० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले बलियो बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि बैंकले बुलिश मारुबोजु मैनबत्ती नै बनाएको छ। यसले सो दिन र सो साता बैंकको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता बैंकको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा २ लाख ३ हजार ६९८ कित्ता शेयर खरिदबिक्री भएको छ। बैंकको २० दिने औषत भोल्यूम १ लाख ३७ हजार ८९९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४७.७१ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता बैंकको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ भने हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेपनि खराब कर्जा घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.३६ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा २.३५ प्रतिशतबाट घटेर १.८४ प्रतिशतमा झरेको छ। जसका कारण बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो।

असोज मसान्तसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा रहेको छ।

१० अर्ब ५० करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ९.०८ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ३.२९ प्रतिशत र कर्जा तथा सापटी १.६४ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ७८ पैसा बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ४६ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १७.०८ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु २.७४ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको १० करोड ५० लाख १ हजार ५२२.८२ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ३७२ रुपैयाँ ५६ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ५३० रुपैयाँ रहेको छ भने न्यून मूल्य २६८ रुपैयाँ ६० पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ५५ अर्ब ६५ करोड ८ लाख ७ हजार ९४ रुपैयाँ ६० पैसा रहेको छ।

ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ५८ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले बैंकको २ लाख ५० हजार ५९४ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ५८ ले नै सो साता बैंकको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। ५८ ले बैंकको १ लाख ५२ हजार ८३६ कित्ता शेयर बिक्री गरेको छ।

शेयरमूल्य बढ्ने आशा

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले एक्सट्रिम ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु शेयरमूल्य अझ बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।