प्रतिरोध परीक्षणमा जानकी फाइनान्स, हेरौँ फाइनान्सको कम्पनी विश्लेषण

Nov 30, 2024 06:01 PM Merolagani



यस साता फाइनान्स उपसमूहको परिसूचक १.९३ प्रतिशत बढेको छ। गत साता ३५६९.४३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६८.८२ अंक बढेर ३६३८.२५ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको जानकी फाइनान्स कम्पनी लिमिटेड (JFL) ।

यस साता फाइनान्सको शेयरमूल्य सर्वाधिक ४९ रुपैयाँ ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ९६५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको यस फाइनान्सको शेयर, यस साता १ हजार १५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध परीक्षणमा

यस साता फाइनान्सको शेयरमूल्यले १०६५ देखि १०९० को प्रतिरोध क्षेत्र परीक्षण गरेको छ। गत मंगलबार फाइनान्सको शेयरमूल्यले सो परीक्षण गरेको थियो। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी शेयरमूल्य घटेको थियो। फाइनान्सको शेयरमूल्यले गत साता पनि सो प्रतिरोध क्षेत्र परीक्षण गरेको थियो। आगामी दिनमा फाइनान्सको शेयरमूल्य उकालो लागेमा १०६५ देखि १०९० कै क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। सो क्षेत्रमा प्रतिरोधको सामना गरी झरेमा फाइनान्सको शेयरमूल्यले ८७५ देखि ९०५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

यस साता साप्ताहिक रुपमा फाइनान्सको शेयरमूल्यले लामो टुप्पी र पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि फाइनान्सको शेयरमूल्यले हरियो मैनबत्ती नै बनाएको छ। जसले सो दिन पनि बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता फाइनान्सको दैनिक औषतमा ३ लाख २५ हजार ५६६ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको २० दिने औषत भोल्यूम २ लाख ४० हजार ५६४ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३५.३३ प्रतिशत बढी हो।

बियरिश क्रशओभर

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा यस साता फाइनान्सको शेयरमूल्यले बियरिश क्रशओभर बनाएको छ। एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा फाइनान्सको शेयरमूल्य घट्ने संकेत गर्दछ। त्यस्तै, यस साताको अन्तिम दुई कारोबार दिन फाइनान्सको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

ओभरबट जोनबाट झर्दै

स्टकास्टिक आरएसआई अनुसार फाइनान्सको शेयरमूल्य अहिले ओभरबट जोनबाट न्यूट्रल जोनमा झर्ने क्रममा रहेको छ। यसले बजारमा फाइनान्सको शेयर खरिदबिक्री चाप सन्तुलनमा आउने खोजेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा फाइनान्सले ६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ हजार ७३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको खुद नाफा ४३ लाख ६० हजार रुपैयाँ मात्र थियो।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएको र गैर सञ्चालन आम्दानी उल्लेख्य बढेसँगै फाइनान्सको खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३.४२ प्रतिशत र कुल सञ्चालन आम्दानी ७.८४ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा फाइनान्सको इम्पेरमेन्ट चार्ज ७ करोड ७१ लाख रुपैयाँ रिभर्स भएको छ। समीक्षा अवधिमा फाइनान्सको गैर सञ्चालन आम्दानी ९६४.७४ प्रतिशत बढेको छ।
असोज मसान्तसम्ममा ६९ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोष भने २२ करोड १६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा फाइनान्सले ४ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पहिलो त्रैमाससम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ रहेको छ भने बुकभ्यालु ६७ रुपैयाँ ९० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा फाइनान्सको मूल्य आम्दानी अनुपात २५.३८ गुणा र प्राइस टु बुकभ्यालु रेशियो १४.९५ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा फाइनान्सको ६९ लाख ४ हजार ७२८ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको शेयर प्रतिकित्ता १ हजार १५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ७ अर्ब ८२ लाख ९८ हजार ९२० रुपैयाँ रहेको छ।

फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ७०० रुपैयाँ २३ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य १ हजार ८३ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३२० रुपैयाँ रहेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्तामा फाइनान्सको शेयरमूल्य अझ बढ्ने अपेक्षा रहेको संकेत गर्दछ।

४१ नम्बर ब्रोकरबाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ४१ ले फाइनान्सको सबैभन्दा बढी शेयर खरिदबिक्री गरेको छ। सो ब्रोकरले यस साता फाइनान्सको ४ लाख ७६ हजार ६१८ कित्ता खरिद गरेको छ भने ५ लाख २७ हजार १२२ कित्ता शेयर बिक्री गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ७४ ले १ लाख १३ हजार १०४ कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर नम्बर ८८ ले १ लाख ५४ हजार ४३५ कित्ता शेयर बिक्री गरेको छ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

Nov 26, 2024 10:27 AM

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ।