एक लाखकाे शेयर पुग्याे ४२ लाख, रेकर्डस्तरमा रहेकाे शेयर कुन कम्पनीकाे हाे?

Dec 03, 2024 02:11 PM Merolagani



सोमबार भारतीय शेयर बजार सामान्य अंकले बढेकाे थियाे । साेहि क्रममा हिजाे टिभी–फ्रिज र अन्य इलेक्ट्रोनिक्स उपकरण उत्पादन गर्ने मिड क्याप कम्पनी डिक्सन टेक्नोलोजीको शेयर बजार तीव्र गतिमा बढेकाे थियाे ।

यो कम्पनीकाे शेयर नयाँ कीर्तिमान उचाइमा पुगेको छ । इलेक्ट्रोनिक्स कम्पनीको यो शेयर लगानीकर्ताकालागि मल्टीब्यागर स्टक प्रमाणित भएको छ र ६ वर्षमा नै लगानीकर्ताको १ लाख भारतीय रूपैयाँ ४२ लाख भारूमा परिणत भएको छ ।

कीर्तिमानी स्तरमा डिक्सन टेक शेयर

साताको पहिलो कारोबारी दिन, सोमबार डिक्सन टेक शेयरमा ठूलो उछाल देखिएको थियाे । यो शेयर १६ हजार २५ भारूमा खुलेकाे थियाे र छोटो समयमै ६ प्रतिशतले बढेर १६ हजार ८४२ भारूको स्तरमा कारोबार भएको देखियो, जुन अहिलेसम्मकै कीर्तिमानी स्तर हो । कम्पनीको शेयरमा यो उछाल भारतीय संचारमाध्यममा एउटा समाचार प्रकाशित भएपछि देखिएको थियो । उक्त समाचारमा कम्पनीले आफ्नो सहायक कम्पनी प्याजेट इलेक्ट्रोनिक्सले कम्पल स्मार्ट डिभाइस इन्डियासँगको सहकार्यमा गुगल इन्फर्मेसन सर्भिसेज इन्डिया प्राइभेट लिमिटेडका लागि गुगल पिक्सेल स्मार्टफोनको उत्पादन सुरु गर्ने योजना बनाएको जानकारी दिएको थियो ।

६ वर्षमै ४१५१% को प्रतिफल

लगानीकर्ताहरूलाई मल्टीब्यागर रिटर्न दिने एक ठूलो व्यवसाय हो डिक्सन टेक्नोलोजीज । कम्पनीको उत्पादन पोर्टफोलियोलाई हेर्दा, यो कम्पनीले एलईडी लाइटिङ, टिभी, वाशिङ मेसिन, फ्रिज, मोबाइल, मोबाइल फोन एक्सेसरीज, डिफेन्स सर्भिलेन्स उपकरण, टेलिकम उपकरण, हियरेबल्स/वेयरेबल्स डिभाइसहरू उत्पादनमा संलग्न छ। कम्पनीको शेयरले छोटो समयमै लगानीकर्तालाई धनी बनाउन सफल भएको छ । याे कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताहरूले ६ वर्षमै ४,१५१ प्रतिशतले बलियो प्रतिफल पाएको तथ्यबाट नै यसको अनुमान लगाउन सकिन्छ ।

एक लाख रुपैयाँ लगानी गर्ने मालमाल

डिक्सन शेयरमा लगानी गरेका लगानीकर्ताहरूले मल्टिब्यागर प्रतिफल पाएका छन्। याे कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले ४,१५१% प्रतिफलका पाउँदा ६ वर्षमा नै लगानीकर्ताको नाफा ४२ गुणाले बढेको छ । खासगरी, २०१८काे डिसेम्बर ७ मा डिक्सन टेकको एक शेयरको मूल्य मात्र ३९१.४६ भारतीय रुपैयाँ थियो । जुन शेयर अहिले १६,८२४ भारतीय रुपैयाँ छुँदै उच्चस्तरमा पुगेको छ। यस्तो अवस्थामा, कुनै लगानीकर्ताले १ लाख रुपैयाँ लगानी गरेर हालसम्म राखेको भए त्याे रकम बढेर ४२ लाख ५१ हजार भारू पुगेकाे छ।

कति ठूलो छ यो इलेक्ट्रोनिक्स कम्पनी?

लगानीकर्ताका लागि मल्टीब्यागर स्टक साबित भएको डिक्सन टेकको शेयरमा भइरहेको निरन्तर वृद्धिले कम्पनीको बजार पूँजीकरणमा पनि प्रभाव पार्दै बढेर ९९ हजार ३१० करोड भारू पुगेको छ । सोमबार कम्पनीको शेयर मूल्य १६ हजार ८४२ भारू पुगेर हालसम्मकै उच्च विन्दुमा पुग्दा ५२ साताको न्यून बिन्दु ५ हजार ३९१ भारू रहेको छ । ६ वर्षमा मात्रै होइन, यो शेयरले छोटो अवधिमा नै उत्कृष्ट प्रतिफल दिएको छ । यो शेयरको मूल्य गत एक वर्षमा १७८.६२ प्रतिशतले बढेको छ भने गत ६ महिनामा नै यस शेयरको मूल्य ६९ प्रतिशतले बढेको छ ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

लक्ष्मी सनराइज बैंकको बोनस घोषणा

Dec 01, 2024 10:28 AM

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।