प्रि ओपन सेसन अपडेटः ३ अंकभन्दा बढी बढ्यो नेप्से

Oct 07, 2024 10:53 AM Merolagani


साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकभन्दा बढी बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.२१ अंक बढेर २६५६.७९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६७ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३९ स्टकको ६३ पटकको कारोबारमा ७१ लाख ७४ हजार २९८ रुपैयाँ ९० पैसाबराबरको १५ हजार ३३२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM 0

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।