प्रि ओपन सेसन अपडेटः करिब ३ अंक घट्यो नेप्से

Sep 29, 2024 10:53 AM Merolagani


साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.८१ अंक घटेर २४८६.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८५ अंक घटेर २४८३.९१ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको १२७ पटकको कारोबारमा ७४ लाख ६५ हजार ६०८ रुपैयाँ ५० पैसाबराबरको १८ हजार ११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM 0

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।