अघिल्लो कारोबार दिन अर्थात बुधबार ४९.१८ अंक बढेर २५१९.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५४ अंक घटेर २५१९.०३ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४५ स्टकको ७२ पटकको कारोबारमा १६ लाख ३६ हजार १५१ रुपैयाँ ६० पैसाबराबरको ३ हजार ३९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।