सिटिजन्स बैंककाे लाभांश घोषणा

Sep 23, 2024 04:02 PM Merolagani


सिटिजन्स बैंक लिमिटेड(CZBIL)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

असोज ७ गते, सोमबार बसेको बैंकको ४६३ औं सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

सिटिजन्स बैंककाे लाभांश घोषणा

Sep 23, 2024 04:02 PM 0

सिटिजन्स बैंक लिमिटेड(CZBIL)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।