भारतीय पत्रिका "द हिंदू" को रिपोर्ट अनुसार बेंगलोरको साईश्वरी पाटिलसँग पनि यस्तै केहि भयो । उनले स्लीप च्याम्पियनको उपाधि जितेर ९ लाख भारतीय रुपैयाँ जितेकी छिन् ।
पाटिलले वेकफिटको स्लीप इंटर्नशीप प्रोग्राममा भाग लिइन् । यस प्रतियोगितामा उपाधि जितेर उनले ९ लाख भारुको पुरस्कार आफ्नो नाममा गरेकी छिन् ।
यो प्रतियोगिता सुतेकै आधारमा जित्न सकिन्थ्यो । यसमा उनको काम सुत्ने मात्र थियो ।
खासगरी, भरखरै मात्र अनाैठाे 'स्लीप इंटर्नशीप कार्यक्रम' को तेस्रो सीजनको आयोजना गरिएको थियो ।
के हो स्लीप इंटर्नशीप कार्यक्रम ?
धेरै काम र तनावका कारणले मानिसहरुकाे निद्रा पुरा हुन सक्दैन । सोहि कारण उनीहरुको स्वास्थ्यमा पनि असर पर्ने गरेको छ । त्यसैले, कम्पनीले यस्तो इंटर्नशीप कार्यक्रम लिएर आएको जनाएकाे छ । यस कार्यक्रमको आयोजना तीन वर्षदेखि निरन्तर रूपमा गरिराखिएको छ।
हालसालै सम्पन्न यो स्लीप इंटर्नशीप कार्यक्रमको तेस्रो सिजन थियाे । यसमा कुल १२ इंटर्नहरूलाई छानिएको थियो ।
इंटर्नमध्येबाट स्लीप च्याम्पियन विभिन्न मापदण्डका आधारमा चयन गरिएकाे थियाे। जसमा साईश्परी पाटिल सबैभन्दा अगाडि रहिन् ।
पाटिलले "द हिंदु" सँग कुराकानी गर्दै निद्रासँग सम्बन्धित केहि टिप्स पनि शेयर गरेकी छिन् । उनले मन शान्त गर्नका लागि मिठो संगीत सुन्ने सुझाव दिएकी छिन् । निदाउन एक घण्टा अघि, हल्का तातो पानीले नुहाउन पनि उनले सुझाइन् ।
एजेन्सी ।