प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Sep 25, 2024 10:53 AM Merolagani


बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५८.९३ अंक घटेर २४७०.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६६ अंक बढेर २४७३.०६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३८ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४३ स्टकको ५७ पटकको कारोबारमा २२ लाख ५५ हजार ९०२ रुपैयाँ ८० पैसाबराबरको ३ हजार १४९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

न अफिस जानुपर्ने न त काम नै गर्नुपर्ने, सुतेर नै १४ लाख बढी कमाई

Sep 24, 2024 05:46 PM 0

'सुतेर पनि पैसा कमाउन सकिन्छ ।' के तपाईँले कहिल्यै यस्तो सुन्नुभएको छ ? सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । अहिले, यो खबर  सामाजिक संजालमा चर्चामा रहेको छ ।