अपि पावरको लाभांश कानुन सम्मत रहेको दाबी

Sep 26, 2024 05:35 PM Merolagani


अपि पावरले आफूले घोषणा गरेको ९ प्रतिशतको बोनस शेयर कानुन सम्मत भएको दाबी गरेको छ । अपिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल लेखामान–१६ (एनएएस–१६) मा सम्पत्तिको सम्बन्धमा पुनर्मूल्यांकनको व्यवस्था रहेको र सोही बमोजिमको फरकलाई नाफा नोक्सान हिसाबमा नदेखाई अलग्गै पुनर्मूल्याकनकाे कोषमा सार्नपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।

यसअघि विद्युत नियमन आयोगले अपि पावरले घोषणा गरेको लाभांशलाई अनरियलाइज गेनलाई लाभांशमा देखाएको भन्दै त्यसलाई अस्वीकृति गरेको थियो ।

अपिले प्रेस विज्ञप्तिमा भनेकाे छ- जुन कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) बमोजिम रहेको छ तर एनएफआरएस–९ बमोजिम कम्पनीको नाफा नोक्सान हिसाबमार्फत सिर्जित मुनाफालाई पुनर्मूल्यांकनको नाफा भनेर व्याख्या गर्नु प्रचलित ऐन तथा नेपाल लेखा प्रतिवेदन मानको मर्म प्रतिकुल हुन्छ । तसर्थ अपिले कम्पनीको खुद मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीलाई ९ प्रतिशतका दरले बोनस शेयर र ०.४७३७ प्रशित कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने निर्णय कानुन सम्मत छ।

अपि पावरले नियमनकारी निकाय विद्युत नियमन आयोगलाई आवश्यक थप कागजपत्रसहित पत्राचार गरेर आवश्यक पुष्टि गरी प्रस्तावित लाभांश स्वीकृति गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

comments powered by Disqus

न अफिस जानुपर्ने न त काम नै गर्नुपर्ने, सुतेर नै १४ लाख बढी कमाई

Sep 24, 2024 05:46 PM 0

'सुतेर पनि पैसा कमाउन सकिन्छ ।' के तपाईँले कहिल्यै यस्तो सुन्नुभएको छ ? सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । अहिले, यो खबर  सामाजिक संजालमा चर्चामा रहेको छ ।