प्रि ओपन सेसन अपडेटः साढे १ अंक बढ्यो नेप्से

Oct 01, 2024 10:52 AM Merolagani


मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४४.४५ अंक बढेर २५०८.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४८ अंक बढेर २५१०.३४ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३२ स्टकको ६२ पटकको कारोबारमा २४ लाख १३ हजार ९९२ रुपैयाँ ५० पैसाबराबरको २ हजार ७९७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM 0

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।