१२ वटा उपसमूहको परिसूचक बढेसँगै करिब ५० अंक बढ्यो नेप्से, भोल्यूम भने घट्यो

Sep 25, 2024 03:12 PM Merolagani


पछिल्ला दुई कारोबार दिनमा निरन्तर घटेर बन्द भएको नेप्से, बुधबार भने बढेर बन्द भएको छ। यस दिन १२ वटै उपसमूहको परिसूचक बढेसँगै नेप्से परिसूचक करिब ५० अंक बढेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ४९.१८ अंक बढेर २५१९.५७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ६९ हजार ४१८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ३ प्रतिशत बढेको छ भने विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.०१ प्रतिशत घटेको हो।

यस दिन ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ६.३६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको साढे १३ करोडको शेयर कारोबार भएको छ भने सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्टको १३ करोड बरारको शेयर किनबेच भएको छ।

comments powered by Disqus

न अफिस जानुपर्ने न त काम नै गर्नुपर्ने, सुतेर नै १४ लाख बढी कमाई

Sep 24, 2024 05:46 PM 0

'सुतेर पनि पैसा कमाउन सकिन्छ ।' के तपाईँले कहिल्यै यस्तो सुन्नुभएको छ ? सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । अहिले, यो खबर  सामाजिक संजालमा चर्चामा रहेको छ ।