पुनः ओरालो लाग्यो नेप्से, कारोबार रकम भने बढ्यो

Sep 23, 2024 03:17 PM Merolagani


साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन पुनः घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ५९.०२ अंक घटेर २५२९.३३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ९.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ७७ हजार १५३ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने रावा इनर्जी डेभलपमेन्ट, नेपाल फाइनान्स र मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ४ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड र इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २१ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्टको करिब साढे १३ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे १२ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

सिटिजन्स बैंककाे लाभांश घोषणा

Sep 23, 2024 04:02 PM 0

सिटिजन्स बैंक लिमिटेड(CZBIL)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।