४ कम्पनीको शेयरमूल्य समायोजन

Dec 25, 2024 06:49 AM Merolagani



पुस ९ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। सो दिन नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL), आरएसडिसी लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जीको शेयरमूल्य समायोजन भएको हो।

बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस ११ गते बुकक्लोज गर्दैछन्। आज (पुस १० गते) क्रिसमसको उपलक्ष्यमा सार्वजनिक बिदा भएका कारण नेप्सेले हिजो नै यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले मिथिला लघुवित्तको १४.२५ प्रतिशत, आरएसडिसी लघुवित्त (RSDC) को ९.५० प्रतिशत, कुथेली बुखरीको १० प्रतिशत र माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात मिथिला लघुवित्तको शेयरमूल्य १ हजार ५०७ रुपैयाँ २२ पैसा कायम भएको छ भने आरएसडिसीको ६७३ रुपैयाँ ६ पैसा कायम भएको छ। त्यस्तै, कुथेली बुखरी (KBSH) को शेयरमूल्य २ हजार ४६२ रुपैयाँ ७३ पैसा कायम भएको छ भने माउन्टेन इनर्जीको ६३३ रुपैयाँ २२ पैसा कायम भएको छ।

नेप्सेले मंगलबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। मंगलबार दोस्रो बजारमा मिथिला लघुवित्तको शेयर १ हजार ७२२ रुपैयाँ, आरएसडिसीको ७३७ रुपैयाँ, कुथेली बुखरीको २ हजार ७०९ रुपैयाँ र माउन्टेन इनर्जी (MEN) को ७२८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर भोली यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।