नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन

Dec 20, 2024 10:10 AM Merolagani



पुस ५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंक (SBI) को शेयरमूल्य समायोजन भएको छ। बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको ३.८० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४२५ रुपैयाँ ८२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४४२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आइतबार यही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले पुस २१ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पातिर गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।