शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM Merolagani



पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।

साना तथा मझौला संगठित संस्थाकाे धिताेपत्र निष्कासन तथा काराेबार नियमावली, २०८१ बनाउन नेपाल धिताेपत्र बाेर्डलाई स्वीकृति दिने मन्त्रिपरिषद्को बैठकले गरेकाे शेयर बजार सम्बन्धी पहिलाे निर्णय हाे ।

 त्यसैगरी, धिताेपत्र बजार सन्चालनकाे लागि अनुमितपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिकाे प्राप्त प्रतिवेदन अर्थमन्त्रालय पठाउने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेकाे छ ।




comments powered by Disqus

सेबोनले कारोबारको विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित, सूचकमा पहिरो, ठूलो शेयर डिमाण्डमा समेत अंकुश ?

Dec 17, 2024 06:17 AM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्।