दुई कम्पनीको शेयरमूल्य समायोजन

Dec 03, 2024 07:11 AM Merolagani



मंसिर १८ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई स्टकको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको हो।

यस दिन नेप्सेले नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेशनल लघुवित्तको शेयरमूल्य १ हजार ३५५ रुपैयाँ र ङादीको २८९ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा नेशनलको शेयर प्रतिकित्ता १ हजार ५४९ रुपैयाँ र ङादीको प्रतिकित्ता ४७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

नेशनल लघुवित्त (NMFBS) ले मंसिर २४ गते, अरनिको पार्टी प्यालेस, बनेपा नगरपालिका वडा नं. ५, भिमसेनमार्ग, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले ७ लाख ६५ हजार ३७७.६४ कित्ता एफपीओ निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यता, ङादी ग्रुप पावर (NGPL) ले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

 




comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।