याे इयरबड्सकाे मूल्य ३ हजार ९९९ रूपैयाँमा ताेकिएाे छ। सुरुवातमा, यो एक हजार ९९९ रूपैयाँमा मात्र डिसेम्बर २५ देखि विशेष अफरमा उपलब्ध हुनेछ जसले यसलाई २ हजार ५०० रूपैयाँ भित्रका उत्कृष्ट इयरबड्समध्ये एक बनाउने कम्पनीले विश्वास लिएको छ।
अद्वितीय फिचरहरू, अपराजेय मूल्य
अल्टिमा बूम १८१ एएनसीले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइन संयोजन गरी अद्वितीय सुन्ने अनुभव प्रदान गर्ने कम्पनीकाे भनाइ छ। एएनसीमा ३२डीबीसम्मको एक्टिभ नोइज क्यान्सलेशन पाउन सकिनेछ ।
अन्य विशेषताहरू:
⦁ हाई-फाई साउण्ड क्वालिटी: १३ एमएम हाई-फिडेलिटी सोनिक ड्राइभर र अल्टिमा सुप्रिम साउण्ड टेक्नोलोजीले स्पष्ट उच्च, सन्तुलित मध्यम, र गहिरो बास बास प्रदान गर्ने कम्पनीले जनाएकाे छ।
⦁ गेम मोड: कम्पनीका अनुसार ४५एमएस कम लेटेन्सी मोडले लग-फ्री गेमिङ अनुभव प्रदान गर्छ।
⦁ ब्याट्री उत्कृष्टता: ४५ घण्टासम्मको कुल प्ले टाइम र एकपटक चार्जमा ६ घण्टा प्ले टाइम रहेकाे एएनसीमा १० मिनेट चार्ज गर्दा १२० मिनेट अतिरिक्त प्ले टाइमको लागि थ्रीसी बूस्ट चार्जिङ टेक्नोलोजी दिइएकाे छ।
⦁ एआई-पावर्ड क्वाड माइकहरू: कम्पनीका अनुसार एएनसीले एआई क्रिस्टल-क्लियर कल एल्गोरिदमले उच्च-गुणस्तरको कल अनुभव प्रदान गर्दछ।
आराम र सजिलो प्रयोगका लागि डिजाइन
बूम १८१ एएनसीमा कम्प्याक्ट अन्डाकार बडी र अर्गोफिट डिजाइनसहित आरामदायी र सहज फिट दिइएकाे छ। आईपीएक्स५ वाटर रेसिस्टेन्ट भएकाले यो कसरत र दैनिक गतिविधिका लागि उपयुक्त रहेको कम्पनीको दावी छ।
स्मार्ट फिचरहरूमा सुधार
यस इयरबड्सले टच-एनेबल्ड कन्ट्रोलहरू र एण्ड्रोइड तथा आईओएसका लागि उपलब्ध अल्टिमा लिङ्क एपलाई समर्थन गर्दछ। यसले प्रयोगकर्तालाई ईक्यू सेटिङ्स कस्टमाइज गर्न, आफ्नो डिभाइस पत्ता लगाउन, ग्राहक सेवा पहुँच गर्न सक्षम बनाउने कम्पनीकाे भनाइ छ । ट्रान्सपरेन्सी मोडले इयरबड्स नझिकीकन आफ्नो वरपरको अवस्थिति बुझ्न सजिलो बनाउँछ।
उपलब्धता र रङहरू
बूम १८१ एएनसी कार्बन व्हाइट र कार्बन ब्ल्याक रङहरूमा उपलब्ध छ, जसले स्टाइल र कार्यक्षमता दुवै प्रदान गर्छ। प्याकेजमा इयरबड्स, टाइप-सी केबल, थप इयर टिप्स, ६ महिनाको ब्रान्ड वारेन्टी, र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी समावेश छ।
लन्च अफर
एक हजार ९९९ रूपैयाँको लन्च मूल्यमा, बूम १८१ एएनसीले नेपालमा सस्तो र गुणस्तरीय इयरबड्सको नयाँ मापदण्ड कायम गरेको कम्पनीकाे दाबी छ। यो विशेष अफर सीमित समयका लागि अधिकृत खुद्रा बिक्रेता र दराज, ब्रदरमार्ट, हुकुट, जीभी ,खल्ती, ईसेवा, नियो स्टोरजस्ता प्रमुख अनलाइन प्लाटफर्महरूमा उपलब्ध छ।
कम्पनीका अनुसार अल्टिमा एक नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड हो जसले उच्च-गुणस्तरका लाइफस्टाइल उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता राखेको छ।
कम्पनीबारे थप जानकारीको लागि https://ultima.com.np/ मा जानुहोस् वा Ultima Lifestyle | Facebookमा फलो गर्न सकिने कम्पनीले जनाएकाे छ।