जीएसी आयन भीको बुकिङ खुला, मूल्य कति ?

Dec 17, 2024 04:49 PM Merolagani



जीएसी आयन भीको बुकिङ खुला भएको छ । सिजी मोटर्सले दुई भेरियन्टमा आयन भीको बुकिङ खुलाएको हो । आयन भी सर्ट रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा आउन लागेको हाे ।

सिजी मोटर्सले याे कार जनवरी अन्तिमबाट बिक्री गर्ने योजना लिएकाे छ। यसअघि, सिजी मोटर्समा नाडा अटो शो २०२४ मा लेफ्ट ह्याण्ड ड्राइभ मोडल ल्याएर देखाएको थियाे ।

यस कारमा ६२ र ७५ किलोवाट आवरको दुई ब्याट्री विकल्प पाउन सकिनेछ । जीएसीको आयन भीमा २३ किसिमका टेक्नोलोजी फिचर र ८ किसिमका कोर यूजर भ्यालू पाउन सकिन्छ । यस कारमा सेल्फ इभल्भीङ एआई ककपीट, एडीगो सेन्स, एआई मोडल प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार ४०० भोल्ट आर्किटेक्चरमा आयन-भी मोडल उत्पादन गरिएकाे थियाे । यद्धपी, यस गाडीमा अहिले ६० प्रतिशत चार्जिङ टाइम कटौती गरिएको छ । यस कारमा सिएटीएलको ब्याट्री प्रयोग गरिएको छ । उक्त ब्याट्रिलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिन्छ ।

यसैगरी, आयन भी मोडलमा रहेकाे ७५ किलोवाट आवर क्षमताको ब्याट्रीले एकपटक चार्ज गर्दा ६५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएकाे छ । यसको रियल वर्ल्ड रेन्ज ५३० किमी हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

त्यस्तै, १०० किलोवाट क्षमताको मोटरका साथ आउने यस कारकाे लम्बाई ४६०५ एमएम छ भने ह्वीलवेस २७७५ एमएम लामो पाउन सकिनेछ ।

आयन भीको मूल्य ६५ देखि ७० लाख रूपैयाँसम्म पर्ने कम्पनीकाे भनाइ छ । कम्पनीका अनुसार यी गाडीलाई ५० हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिनेछ ।




comments powered by Disqus

सेबोनले कारोबारको विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित, सूचकमा पहिरो, ठूलो शेयर डिमाण्डमा समेत अंकुश ?

Dec 17, 2024 06:17 AM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्।