मस्कको सम्पत्ति छिट्टै बढेर ५०० अर्ब डलर पुग्न सक्ने देखिन्छ। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार हाल एलन मस्कको कुल सम्पत्ति ४७४ अर्ब डलर छ। उनको सम्पत्ति एक दिनमा १९.२ अर्ब डलरले बढेको छ ।
एक वर्षमा एलन मस्कको सम्पत्तिमा भएको वृद्धि आश्चर्यजनक रहेको छ । उनले एक वर्षमा २४५ अर्ब डलर कमाएका छन् । आफ्ना कम्पनीको शेयरमा भएको शानदार वृद्धिका कारण उनले एक वर्षमा यति धेरै आम्दानी गरेका हुन् ।
दोस्रो स्थानमा छन् यी अर्बपति
एलन मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । त्यसपछि दाेस्राे स्थानमा जेफ बेजोस रहेका छन् । उनकाे कुल सम्पत्ति २५१ अर्ब डलर छ र यो वर्ष उनले ७४.५ अर्ब डलर थपेका छन्। यसैगरी, तेस्रो स्थानमा मार्क जुकरबर्ग छन् । उनको सम्पत्ति यस वर्ष अहिलेसम्म ९२.६ अर्ब डलरले बढेको छ । त्यस्तै, उनको कुल सम्पत्ति २२१ अर्ब डलर पुगेकाे छ । याे मस्ककाे यस वर्षको कमाईभन्दा पनि कम हो।
किन बढ्यो मस्कको सम्पत्ति ?
एलन मस्कले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेका थिए । ट्रम्पले जित्दा उनका कम्पनीको शेयरमा भारी वृद्धि भएको थियो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको तथ्याङ्क अनुसार २०२४काे नोभेम्बर ५मा एलन मस्कको सम्पत्ति २६४ बिलियन डलर थियो। करिब ४० दिनमा नै मस्कको सम्पत्ति २१० अर्ब डलरले बढेको छ । यो वर्ष उनको सम्पत्ति १०७.१ प्रतिशतले बढेको छ ।
यति धेरै पैसा एलन मस्कले कहाँबाट कमाउँछन्?
मस्कसँग टेस्लाको करिब १३ प्रतिशत स्वामित्व रहेकाे छ। हाल, यसको शेयर रकेट जस्तै उडिरहेको छ। एक महिनामा नै याे शेयर ३६ प्रतिशतभन्दा बढी बढिसकेको छ । साेहि कारण उनको सम्पत्तिमा पनि भारी वृद्धि भएकाे हाे । स्पेसएक्सको करिब ४२ प्रतिशत हिस्सा मस्कसँग छ। यो कम्पनीले पनि राम्राे प्रदर्शन गरिरहेको छ । यसबाहेक, उनीसँग एक्स कर्पोरेशनको पनि ७९ प्रतिशत स्वामित्व रहेकाे अनुमान गरिएको छ।
एजेन्सीकाे सहयाेगमा ।