भिजन वन-इलेभेन भारतमा मर्सिडिज-बेन्जद्वारा प्रदर्शन गरिएको पाँचौं यूनिक कन्सेप्ट कार हो।यसअघि, मर्सिडीज मेब्याक भिजन ६ कूप, एएमजी जीटी६, इलेक्ट्रिक जी-क्लास र प्रोजेक्ट मेब्याक प्रदर्शन गरि सकिएकाे छ ।
भिजन वन-इलेभेन कन्सेप्ट मिड इन्जिन इलेक्ट्रिक स्पोर्ट्स कार हो जसलाई स्मूद र एरोडायनामिक बडीका साथ डिजाइन गरिएको छ। यसले ड्र्याग कम गर्न मद्दत गर्ने कम्पनीको दाबी छ । यो कारको केबिन हेर्दा तपाईँलाई एउटा लडाकु विमानको याद आउनेछ । यसमा रहेकाे चाँदी रङको सिट र विमान शैलीको भित्री भाग धेरै नै आकर्षक देखिन्छ।
यो कम्पनीले ल्याएको नयाँ दुई सिट इलेक्ट्रिक हाइपरकार कन्सेप्ट मोडल हो । मोनोलिथिक एक्सटेरियर डिजाइन, गुलविङ डोर्स, सिल्भर अपहोल्स्ट्री रहेकाे यस कारको कन्सेप्टकाे सी१११(C111)लाई सम्मान दिन तयार गरिएको हाे।
सी१११ सत्तरीको दशकको प्रायोगिक मिड-इन्जिन सवारी साधनहरूको एक सीरीज थियो जुन मूल रूपमा रोटरी इन्जिनहरूका साथ आएको थियो। तर, यो उत्पादनको स्तरमा पुग्न सकेन र साे अवधिमा परीक्षणका रूपमा १२ इकाइ मात्र तयार गरिएकाे थियाे।
यो कार मर्सिडिजका चीफ डिजाइन अफिसर गोर्डन वाग्नरले डिजाइन गरेका हुन् र उनले यसलाई सुन्दर राइड बनाउन उनले कुनै काेशिष बाँकी राखेका छैनन् । भिजन वन-इलेभेनले बेलायती फर्म यासाद्वारा निर्मित दुईवटा रियर-माउन्ट एक्सियल-फ्लक्स इलेक्ट्रिक मोटरहरू प्रयोग गर्दछ। यसको लिक्विड-कूल्ड सिलिंड्रिकल ब्याट्री सेल मर्सिडिज-एएमजीको युके-आधारित फर्मुला १ डिभिजनले तयार पारेको हो।
कम्पनीले आफ्नो नयाँ कन्सेप्टको पावर र कार्यसम्पादनका बारेमा हालसम्म कुनै तथ्याङ्क सार्वजनिक नगरे पनि यसलाई विशेष रूपमा कन्फिगर गरिएको छ । जसकारण राम्रो ड्राइभिङ रेन्ज र पावर आउटपुटको अपेक्षा गरिएको छ। मर्सिडीजका प्रमुख टेक्नोलोजी अफिसर मार्कस शेफर भन्छन्, "मर्सिडिज-बेन्ज भिजन वन-इलेभेनले भविष्यको कार्यसम्पादनको लागि नयाँ मार्गहरू खोज्दछ। यसले मोटरस्पोर्टजस्तै पावर आउटपुट प्रदान गर्दछ।"
मर्सिडीज र यासाले ठूलो मात्रामा एक्सियल-फ्लक्स विद्युतीय मोटर्स उत्पादन गरिरहेका छन् । जहाँसम्म यो कारको डिजाइनको सवाल छ, वन-इलेभेनको स्टाइलले अझ राम्रो एरोडायनामिक झल्काउँछ, जसले यसलाई सुपरकार बन्न सक्षम बनाउँछ। यसको उचाइ निकै कम राखिएको छ ।
यसको लो-सेट फ्रन्ट एण्ड पुरानो सी१११ प्रोटोटाइप जस्तो देखिन्छ । यसमा ब्लफ नोज सेक्शनका दिइएकाे छ । साथै, यसमा कार्बन-फाइबर स्प्लिटरद्वारा रेखाङ्कित गोल हेडल्याम्पसहितको पिक्सेलेटेड ग्रिल समावेश छ। हेडल्याम्पको पछाडि तीनवटा एयर इन्टेक पनि देख्न सकिन्छ। वान-इलेभेनको पछाडि ठूलो स्पोइलर प्रदान गरिएको छ जसले डाउनफोर्स बढाउन विस्तार गर्दछ। यसमा आकर्षक मिश्र धातु जडान भएका ठूला साइजका पाङ्ग्राहरू दिइएकाे छ।
कारको इन्टेरियरको कुरा गर्दा, दुई सिटको स्क्वाबलाई पेडलसहित भुइँमा एकीकृत गरिएको छ । यसको अर्थ चालक र सहचालक दुवै खुट्टा पूरै फैलाएर बस्न सक्छन्। यसको सिट फूल थाइ सपाेर्टकासाथ आउँछ।
ड्यासबोर्डलाई छालामा बेरिएको फर्मुला १ स्टाइल स्टियरिङ ह्वीलसँग ब्रश गरिएको एल्युमिनियमले घेरिएको छ। चालकको जानकारीका लागि मर्सिडिजको नयाँ ‘एमबियुएक्स’ सफ्टवेयरद्वारा सञ्चालित डिस्प्ले भित्र केन्द्रीय टचस्क्रिन दिइएको छ ।
एजेन्सी ।