नेप्सेले दियो गिरावटलाई निरन्तरता, काराेबार रकम सामान्य बढ्याे

Nov 13, 2024 03:08 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १४.१२ अंक घटेर २७३४.८३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ७७ हजार ८६१ पटकको कारोबारमा ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ५३ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, श्रृजनशील लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन रावा इनर्जी डेभलपमेन्ट र बलेफी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३३ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन पोखरा फाइनान्सको करिब २६ करोडको शेयर कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको साढे २५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

अमेरिका ‘वस्न लायक देश नरहेको’ भन्दै एलन मस्ककी छोरीद्धारा देश छोड्ने घोषणा

Nov 10, 2024 02:38 PM

अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ ।