निरन्तर तेस्रो कारोबार दिन नेप्से नकारात्मक, कारोबार रकम भने बढ्यो

Nov 06, 2024 03:10 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक नकारात्मक भएर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि नकारात्मक रहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक १.८८ अंक घटेर २६७५.५१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३२० स्टकको ५५ हजार २३८ पटकको कारोबारमा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.५५ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावरको करिब २४ करोडको शेयर किनबेच भएको छ भने समृद्धि फाइनान्सको साढे २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.८७ प्रतिशत घटेको छ।




comments powered by Disqus

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM

कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।