नेप्से घटेपनि चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Oct 27, 2024 03:13 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन चार स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल एसबिआई बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.७९ प्रतिशत घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ५६ हजार ६४६ पटकको कारोबारमा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन आईसीएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल एसबिआई बैंकको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १९ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.३० प्रतिशत घटेको छ।




comments powered by Disqus

वाणिज्य बैंकहरुको खुद नाफा साढे २१ प्रतिशत बढ्यो, कुन बैंकले कति कमायो?

Oct 23, 2024 08:52 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।