आकाशिँदै सुन र चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

Oct 23, 2024 10:45 AM Merolagani



कात्तिक ७ गते, बुधबार, पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । सुनको मूल्य दैनिक बढेर आकाशिएको हो ।

पछिल्ला सात कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै आएको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको याे मूल्य हालसम्मकै उच्च हो । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ  । यस दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढे र रेकर्ड बनाएको हाे । बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भएको थियाे । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर चौथो दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।