सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, चाँदी पनि अलटाइम हाइ

Oct 20, 2024 10:45 AM Merolagani



कात्तिक ४ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्यले निरन्तर चौथो दिन नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्ताे सुन गत बिहीबार एक लाख ६२ हजार ४०० रुपैयाँ, बुधबार एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । दैनिक एकपछि अर्को रेकर्ड ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर चौथो दिन नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीकाे मूल्यले पनि नयाँ उचाई कायम गरेको छ । गत शुक्रबारकाे तुलनामा यस दिन चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसभन्दा पहिले गत असोज २० गते चाँदीको मूल्य एक हजार ९८५ रुपैयाँमा काराेबार भएकाे थियाे । साे मूल्यलाई ब्रेक गर्दै यस दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

 




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।