सुन र चाँदी दुबैकाे मूल्यमा पुनः नयाँ रेकर्ड

Oct 21, 2024 10:40 AM Merolagani



कात्तिक ५ गते, सोमबार, पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त कायम सुनको मूल्य हालसम्मकै उच्च हो। सुनकाे मूल्यले निरन्तर पाँचौ दिन नयाँ रेकर्ड बनाएकाे हाे । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि नयाँ उचाईमा पुगेकाे छ । यस दिन चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर दोस्रो दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।