मंसिरसम्ममा नेपालले ७ खर्ब ३५ अर्बको बैदेशिक व्यापार गर्दा ५ खर्ब ८७ अर्ब घाटा, निर्यातको हिस्सा बढ्दै

Dec 22, 2024 05:30 PM Merolagani



मंसिरसम्ममा नेपालले कुल ७ खर्ब ३५ अर्ब रुपैयाँको बैदेशिक ब्यापार गर्दा झण्डै ६ खर्ब रुपैयाँ ब्यापार घाटा व्यहोरेको छ। निर्यातभन्दा आयात धेरै हुँदा पाँच महिनामा नेपालले ५ खर्ब ८७ अर्ब रुपैयाँ बैदेशिक व्यापार घाटा व्यहोरेको हो।

चालु आर्थिक वर्षको पाँच महिनामा कुल ६ खर्ब ६१ अर्बको बस्तु आयात भएको छ भने ७३ अर्ब ६५ करोड रुपैयाँको मात्रै बस्तु निर्यात भएको छ। आयात र निर्यातमा ठूलो फरक हुँदा बैदेशिक ब्यापार घाटा बढ्दै गएको हो।

मंसिरसम्मको तथ्याँक हेदा निर्यात भने केहि बढ्दै गएको देखिन्छ। गत वर्षको तुलनामा यस वर्ष निर्यात १६.५४ प्रतिशतले बढेको छ जबकी आयात ३ प्रतिशतले मात्रै बढेको छ।

नेपालको कुल बैदेशिक ब्यापारमा आयातको हिस्सा ८९.९८ प्रतिशत छ भने निर्यातको हिस्सा बढेर १०.०२ प्रतिशत पुगेको छ। अघिल्ले वर्ष निर्यातको हिस्सा ८.९६ प्रतिशत मात्रै थियो।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।