मंसिरसम्ममा भित्रियो १५ अर्ब बढीको स्मार्टफोन, कुन देशबाट आँउछ सबैभन्दा धेरै?

Dec 22, 2024 05:24 PM Merolagani



पछिल्लो समय स्मार्टफोनका आयात निरन्तर बढ्दै गएको देखिएको छ। भन्सार विभागको  तथ्याङ्क  अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा १५ अर्ब रुपैयाँ भन्दा धेरैकोको स्मार्टफोन नेपाल भित्रिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल १५ अर्ब १८ करोड ११ लाख १८ हजार रुपैयाँको ९ लाख ९० हजार ७५४ थान स्मार्टफोन आयात भएको छ। यसबाट सरकारले २ अर्ब ८३ करोड ९ लाख ४५ हजार रुपैयाँ राजस्व उठाएको छ।

गत आर्थिक वर्षको यसै अवधिमा कुल ९ लाख २ हजार ९८१ थान स्मार्टफोन आयात भएको थियो।  तथ्याङ्क  अनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ५९ करोडको फोन आयात भएको हो। तर यस वर्ष २ अर्ब रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ।

विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी चीनबाट मोबाइल आयात भएका छन् । चीनबाट मात्रै कार्तिकसम्ममा १० अर्ब ३५ करोड रूपैयाँ बराबरको ७ लाख ४७ हजार ५६४ थान स्मार्टफोन भित्रिएका छन् ।

त्यस्तै दोस्रोमा भारतबाट ४ अर्ब ५९ करोड ७५ लाख रूपैयाँको २ लाख ३९ हजार ८७८ थान मोबाइल आयात भएका छन् ।

मंसिरसम्ममा विभिन्न ५० भन्दा धेरै देशबाट स्मार्टफोन भित्रिएको विभागको  तथ्याङ्कले देखाउँछ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।