बजार थामिन सकेन तर आइतवार हाईड्रोपावर कम्पनी रोजाईमा परे,कसरी ?

Dec 22, 2024 05:44 PM Merolagani



पछिल्ला केही कारोबार दिन बजार निरन्तर रुपमा घटेको छ । आइतबारको बजारले पनि घट्दो क्रमलाई निरन्तरता दिएको छ । यस दिनको बजार १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा झरेको छ ।

बजार निरन्तरको गिरावटले लगानीकर्ताको मनोभावना डगमगाएकाे छ । बजारले तत्काल गति समाउने छ भन्ने लगानीकर्तालाई लाग्न छाडेको छ । विगतमा चल्ने गरेका विकास बैंक र फाइनान्स समूह पछिल्ला समय निरन्तर दबावमा पर्दै आएका छन् । पछिल्ला केहि समयदेखि कम पूँजी भएका कम्पनीहरु पनि चल्ने गरेका छैनन् ।

आइतवारकाे बजारमा हाईड्रो कम्पनीहरु चल्न सक्ने संकेत देखिएकाे छ । सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीमा हाईड्रोपावर कम्पनी परे कै कारण लगानीकर्ताको अबको रोजाई हाईड्रोपावर कम्पनीहरु हुनसक्ने आँकलन गर्न सकिन्छ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।