भन्सार दर घटेपछि बैंकहरुले मंसिरमा मात्र ल्याए ५३ किलो सुन

Dec 22, 2024 04:33 PM Merolagani



भन्सार दर घटेपछि मंसिर महिनामा मात्रै बैंकहरुले ५३ किलो सुन आयात गरेका छन्। भन्सार विभागको तथ्याङ्क अनुसार मंसिरमा वाणिज्य बैंकहरुले ५३ किलो सुन ल्याएका हुन्।

कार्तिक महिनासम्ममा बैंकहरुले कुल १३२ किलो सुन आयात गरेका थिए। भन्सार दर महँगो भएका कारण बैंकको सुन बिक्न छोडेपछि बैंकहरुले सुन आयात नै बन्द गरेका थिए।

तर सरकारले भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुन आयात पुन: सुरु गरेका हुन्। चालु आर्थिक वर्षको मंसिरसम्ममा बैंकहरुले कुल १ सय ८५ किलो सुन आयात गरिसकेका छन्। मंसिरसम्ममा बैंकहरुले कुल २ अर्ब ४ करोड रुपैयाँको सुन आयात गरेका हुन्।

भन्सार दर घटे पछि सुनको भाउ निकै घटेको छ। भन्सार दर घटेकै कारण करिब १५ हजार रुपैयाँ घटेको सुनको भाउ अन्तराष्ट्रिय बजारमा देखिएको गिरावटले थप घटिरहेको छ। अहिले सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ भन्दा तल झरेको छ।

गत वर्षको तुलनामा यस वर्ष बैंकहरुले आयात गरेको सुन निकै कम छ। गत वर्षको यसै अवधिमा बैंकहरुले एक हजार किलो भन्दा धेरै सुन आयात गरिसकेका थिए। तर चालु आर्थिक वर्षमा २०० किलो पनि आयात गरेका छैनन्।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।