सरकार ढल्नेकुरा काग कराए जस्तै होः सञ्चारमन्त्री

Dec 22, 2024 04:28 PM Merolagani



सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराए जस्तै भएको टिप्पणी गरेका छन् ।

आईतवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै जाने दाबी गरेका हुन । उनले अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार ढल्ने भ्रम फैल्याएको बताए । उनले राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार ०८४ सम्मै टिक्ने दाबी गरे ।

उनले भने, ‘सरकार बनेको दिनदेखि दुई वटा कुरा चलिरहेको हुन्छ, यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने । सबै पार्टीले छोडेर गएपनि दुई ठूला राजनीतिक दलहरु मिलेका छौँ । त्यसैले यो सरकार ढल्दैन । किनभने १६७ सिट त हुन्छ । तेस्रो, चौथो पार्टीलाई गुहारि राख्न परेन । सांसदहरुको चाकडी गरिरहनु परेन, मन्त्री, पार्टीका नेताहरुलाई फकाइराख्नु परेन । राष्ट्रिय संकट निवारणका लागि हामी दुइ वटा पार्टी भइरहनुपर्छ भन्ने ठानेसम्म यो सरकार ढल्दैन । काग त कराउँदै गर्छ, पिनास सुक्दै गर्छ, हात्ति लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । यो यस्तै हो । सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराए जस्तै हो । यो सरकार चलिरहन्छ ।’

मन्त्री गुरुङले अर्को निर्वाचनसम्मका लागि वर्तमान सरकार नै कायम रहने बताए ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।