मधेशी आयोगद्वारा एनपीएल खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको निन्दा, घटनामा संलग्न दोषी पक्षलाई कारबाही गर्न माग

Dec 22, 2024 03:51 PM Merolagani



मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्ट्सका समर्थकहरु माथि भएको दुर्व्यवहारको भ्रत्सना गर्दै दोषी पक्षलाई कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेको छ ।

कीर्तिपुर खेलमैदानमा हिजो शनिबार सम्पन्न एनपीएल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी उनीहरूलाई सख्त कारवाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको हो ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आज एक विज्ञप्ति जारी गरी यसकिसिमका घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभएमा सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने तथा साम्प्रदायिक एवं सामाजिक सद्भावमाथि खलल पुर्याउनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।

सो घटनाका सन्दर्भमा आयोगले सदस्य जीवछ साह नेतृत्वमा उच्चस्तरीय टोली खटाइ स्थलगत निरीक्षणसहित घाइतेहरुसँग विस्तृत विवरण बुझेपछि आवश्यक निणर्य लिने स्पष्ट गरेको छ ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।