ग्रीन भेन्चर्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलायो

Dec 22, 2024 11:28 AM Merolagani



ग्रीन भेन्चर्स लिमिटेड(GVL)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे छ ।

कम्पनीले पुस २८ गते आईतबार, रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा छैटौंँ वार्षिक साधारण सभा बाेलाएकाे हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बोनस वितरण पछि  पूँजी वृद्धि हुने र साे समबन्धि व्यवस्था प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते आईतबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ११ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।




comments powered by Disqus

सेबोनले कारोबारको विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित, सूचकमा पहिरो, ठूलो शेयर डिमाण्डमा समेत अंकुश ?

Dec 17, 2024 06:17 AM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्।