प्रि ओपन सेसन अपडेटः साढे ९ अंक घट्यो नेप्से

Dec 22, 2024 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३१.४३ अंक घटेर २५९६.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.५२ अंक घटेर २५८७.३० विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.४१ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ६० स्टकको १०७ पटकको कारोबारमा ३२ लाख १४ हजार ५० रुपैयाँ ३० पैसाबराबरको ५ हजार ५४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने ३७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

सेबोनले कारोबारको विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित, सूचकमा पहिरो, ठूलो शेयर डिमाण्डमा समेत अंकुश ?

Dec 17, 2024 06:17 AM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्।