सुन र चाँदीको मूल्य बढ्यो

Dec 22, 2024 10:42 AM Merolagani



पुस ७ गते, आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा आज चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।