प्रियन्का गान्धीको ह्याण्ड ब्यागले भारत-इजरायल सम्वन्धमा संकट ?

Dec 16, 2024 04:32 PM mero lagani



भनिन्छ, हल्ला गर्नको लागि राजनीतिक नेता, कार्यकर्तालाई एजेण्डा चाहिदैन्, केवल निहुँ भए पुग्छ । यो कुरा भारतमा सोमबार भएको एउटा घटनाले थप पुष्टि गरेको छ ।

संसदको प्रमुख विपक्षी दल, कांग्रेस आईकी महासचिव प्रियन्का गान्धीले एउटा सामान्य ब्याग बोकेर संसद बैठकमा भाग लिन गईन । तर, त्यही घटना असमान्य बन्यो र राजनीतिक रंग लियो ।

गान्धीले बोकेको ह्याण्ड ब्यागमा प्यालेष्टाइन लेखिएको थियो । बस् के थियो ? सत्तारुढ विजेपीले उनीमाथि आरोप लगायो-कांग्रेसले प्यालेष्टानीको पक्षमा संसदमा आवाज उठाउने तयारी गर्यो ।

भाजपा प्रवक्ता संवित पात्राले त कांग्रेसले प्यालेष्टेनी आतंकवादीको पक्षमा लागेर भारत र इजरायलबीचको सम्वन्धमा दरार उत्पन्न गराउन खोजेको आरोप नै लगाएका छन् । गान्धीको ब्यागको कारण उत्पन्न विवादले भारतीय राजनीति केही समय तात्न सक्ने देखिएको छ ।

स्मरणीय के छ भने इजरायल प्यालेष्टाइन द्धन्दमा सत्तारुढ भाजपा इजरायल सरकारको पक्षमा रहँदै आएको छ भने कांग्रेसले प्यालेष्टाइनीहरुप्रति ऐक्यवद्धता जनाएको छ । केही दिन अघि महासचिव प्रियन्का गान्धीले भारतका लागि प्यालेष्टानी राजदूत अबेद एलरागेजसँग भेटेर इजरायली आक्रमणको विरोध गरेकी थिइन । केही महिना अगाडि नै उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नरसंहारकारी भन्दै प्यालेष्टाइनी जनताको हत्याको मूल्य चुकाउनु पर्ने चेतावनी दिएकी थिइन ।




comments powered by Disqus

शिवम् सिमेन्टको लाभांश घोषणा, बुकक्लोज कहिले?

Dec 16, 2024 10:11 AM

शिवम् सिमेन्ट लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।