नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Dec 05, 2024 03:09 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक १५.९३ अंक घटेर २७३४.९३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ८७ हजार ४७६ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९.९५ प्रतिशत बढेको छ भने मानुषी लघुवित्तको शेयरमूल्य ९.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको सपोर्ट हाइक्रोफाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ८.३७ प्रतिशत घटेको छ। त्यसैगरी, नेपाल फाइनान्सको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को करिब २१ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक ०.७९ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने विपकास बैंक, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

लक्ष्मी सनराइज बैंकको बोनस घोषणा

Dec 01, 2024 10:28 AM

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।