दुर्गा प्रसाई प्रकरणमा नयाँ ‘ट्विष्ट’, भारतीय अपराधिक गिरोहको नामबाट गभर्नर महाप्रसाद अधिकारीलाई ११३ पटकसम्म धम्की

Dec 01, 2024 05:39 PM mero lagani



प्रधानमन्त्री केपी ओलीले कम्वोडियामा लगानी गरेको भन्ने ‘फेक’ दावी प्रकरणमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईको मुद्धामा नयाँ ‘ट्विष्ट’ आएको छ । 

प्रसाईका सहयोगीले आफ्ना कुख्यात भारतीय आपराधि ‘लरेन्स विश्नोईको एजेण्ट’ भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका अन्य उच्च अधिकारीलाई १ सय १३ पटक धम्क्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विस्नोहीको एजेण्ट भन्दै नेपालीलाई धम्क्याउने झापाका हरिचन्द्र फुयाँल बारेको अनुसन्धानको क्रममा प्रहरीले उक्त कुरा पत्ता लगाएको हो ।

फुयाँललाई मंसिर १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा झापाको भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । यसबारेमा ब्युरोले थप अनुसन्धान गरिरहेकोले थप रहस्यहरु सार्वजनिक हुने विश्वांस अनुसन्धानमा संलग्न अधिकारीहरुको रहेको छ ।

प्रसाईले वैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान चलाएपछि राष्ट्र वैंकले त्यसको कडा प्रतिवाद गरेको थियो । त्यही रिसमा उनले आफ्ना सहयोगीहरु खटाएर गभर्नर लगायत राष्ट्र वैंकका उच्च अधिकारी विरुद्ध अपराधिक समुहको नाममा धम्की दिन शुरु गरेको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । फुयाँल र प्रसाँई ५० औं पटक मोबाइलमा सम्पर्क भएको र प्रसाईंले फुयाँललाई यसो गर, उसो गर भनी आदेश दिएको प्रमणहरु पनि प्रहरीले फेला पारेको छ ।

केही व्यापारीहरूले भारतीय नम्बरबाट विश्नोईको नाममा धम्की आएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए । ती उजुरीमाथि छानबिनको क्रममा फुँयाल पक्राउ परेका थिए । पक्राउ पछि उनी दुर्गा प्रसाईको सहयोगी रहेको खुलेको थियो । फुँयालले आफूले प्रसाईंको आदेश अनुसार काम गर्ने गरेको दावी गर्दै प्रसाई विरुद्ध थुप्रै प्रमाणहरु दिएको बताइन्छ ।

‘प्रहरी अनुसन्धानबाट खुल्न आएका कागजात पनि प्राप्त भयो,थुप्रै मानिसलाई धम्की दिइएका डिजिटल तथा अन्य प्रमाण पेश भएका छन्’ जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौ स्रोतले भन्यो । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाईलाई दिइएको धम्की पनि समावेश छ । फुँयाल र प्रसाईंलाई नेपाल राष्ट्र बैंकका उच्चपदस्थ व्यक्तिहरुको व्यक्तिगत सम्पर्क नम्बरहरु उपलब्ध गराउने व्यक्तिको पनि पहिचान भैसकेकोले यो प्रकरणमा अरु केही व्यक्तिहरु पक्राउ पर्ने सम्भावना रहेको बताइन्छ ।

 




comments powered by Disqus

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

Nov 26, 2024 10:27 AM

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ।