आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा बढ्यो

Nov 14, 2024 10:25 AM Merolagani



आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (IGI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तवुनलामा १९.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ०.२३ प्रतिशत घटेको छ भने कुल आम्दानी ७.६४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ४.९४ प्रतिशत र कुल खर्च ५.१९ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ३२ पैसा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७७.३० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ।

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७४ करोड रुपैयाँ, महाविपत्ती कोषमा ८ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड २ लाख रुपैयाँ र अन्य इक्विटीमा ५६ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

अमेरिका ‘वस्न लायक देश नरहेको’ भन्दै एलन मस्ककी छोरीद्धारा देश छोड्ने घोषणा

Nov 10, 2024 02:38 PM

अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ ।