यो गत वर्षको यसै अवधिको तुलनामा ७२.८२ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको वित्तीय खर्च घट्दा र विद्युत बिक्रीबाट हुने आम्दानीमा वृद्धि हुँदा नाफामा बढोत्तरी भएको हो ।
चालु आर्थिक वर्षको तीन महिनासम्ममा कम्पनीले ८ करोड २७ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत वर्ष कम्पनीले ७ करोड रुपैयाँ रुपैयाँ बराबरको विद्युत बिक्री थियो ।
चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडाको १३ करोड रुपैयाँले ऋणात्मक छ । वित्तीय विवरण अनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ३ पैसा र प्रतिशेयर नेटवर्थ ६७.३९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०.६४ गुणा छ ।