वित्तीय खर्च घटेपछि सुपर मादी हाइड्रोपावरको नाफामा सुधार

Nov 08, 2024 06:26 AM Merolagani



सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५०.८३ प्रतिशत बढेको हो।

कम्पनीको विद्युत बिक्री आम्दानी केही घटेपनि वित्तीय खर्च घटेका कारण खुद नाफामा सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड २७ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ४१ करोड ९६ लाखबाट घटेर ४१ करोड २० लाखमा झरेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २३ करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १६ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण खुद नाफा बढ्न पुगेको हो।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५ लाख रुपैयाँ सञ्चित छ।

पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९.७६ गुणा रहेको छ।




comments powered by Disqus

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM

कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।